क. सार्वजनिक निकायबाट माग भए बमोजिम सफ्टवेयर विकास, स्तरोन्नति र मर्मत सम्भार सम्बन्धी कार्य गर्ने,

ख. सार्वजनिक निकायबाट माग भए बमोजिम साझा सूचना प्रविधि प्रणालीहरू (सफ्टवेयर-एज-अ-सर्भिस वा प्लेटफर्म-एज-अ-सर्भिस वा यस्तै अन्य मोडेल) को विकास गर्ने,

ग. केन्द्र आफैंले निर्माण गरेका सफ्टवेयर प्रणाली वा सार्वजनिक निकायबाट माग भई आएका विभिन्न लिगेसी सफ्टवेयर प्रणालीको स्तरोन्नति र मर्मत सम्भार सम्बन्धी कार्य गर्ने,

घ. केन्द्रबाट विकास गरिएका विभिन्न सफ्टवेयर प्रणालीहरूका लागि चौबिसै घण्टा प्राविधिक सहायता उपलब्ध गराउने,

ङ. सार्वजनिक निकायबाट माग भए बमोजिम सूचना प्रविधि प्रणालीको सफ्टवेयर रिक्वायरमेन्ट स्फेसिफिकेसन(एस.आर.एस.) तथा डिजिटल पूर्वाधारको प्राविधिक स्पेसिफिकेसन तयार गर्न सेवा उपलब्ध गराउने,

च. सफ्टवेयर विकासको क्रममा आवश्यक सुरक्षा मापदण्ड, अटो-स्केलिङ्, हाइ-अभाइलेविलिटी तथा केन्द्रबाट स्वीकृत भएको डेभलपमेन्ट आर्किटेक्चर तथा मापदण्ड प्रयोग गर्ने वा अन्तराष्ट्रिय मापदण्ड तथा असल अभ्यासको अनुसरण गर्ने,

छ. आफूले विकास गरेका प्रणालीहरूको सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी तालिम सञ्चालन गर्ने,

ज. सूचना प्रविधि क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूको रोष्टर तयार गरी विज्ञहरूलाई केन्द्रको अनुसन्धान र विकासको कार्यमा उपयोग गर्ने,

झ. केन्द्रको कार्यसँग सम्बन्धित नीतिगत विषयमा समितिसमक्ष पेस गरी समितिको निर्देशन बमोजिम गर्ने।